निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै भन्दै भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यस्तै आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।
‘२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिने सदर पश्चिम सरकारका माननीय मुख्य मन्त्री र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेललाई चौविस घण्टाभित्र स्पष्ट गरी पठाईदिन स्पष्टीकरण सोधेको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया