बुटवल–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुसबापत लिएको नगद १२ लाख र २४ लाख रुपियाँ बैंकमा जम्मा गरेको भौचरसहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका इन्जिनियर सुरेश ठाकुर र निजकी श्रीमतीलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यती ठूलो रकमसहित पक्राउ गरेको यो पहिलो घटना भएको बताइएको छ । रुपन्देहीको सिद्ध्रार्थ नगरबाट इन्जिनियर सुरेश ठाकुर र निजकी श्रीमतीलाई गाडीमा पैसा लिएर घर जाँदै गर्दा हेटौंडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार बिहान ११ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका श्रीमान्श्रीमतीलार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा राखी थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । आर्थिक वर्ष समाप्त भएको र वर्षभरि गरेका कामको कमिसनस्वरुप सेवाग्राहीवाट रकम असुली भ्रष्टाचार गरेको हुन सक्ने अनुमानसमेत लगाइएको छ । आजको नेपाल समाचारमपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया