नेपालमा कोरोना : कस्तो छ पछिल्लो तथ्यांक ?

लोकपथ
182
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर थप ३ हजार ८ सय २१ जनाको परीक्षण गर्दा १९ जनाको पीसीआर पोजेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा ५६ लाख ४६ हजार २१ जनाको पीसीआर र ११ लाख ७१ हजार ९ सय ८० –(एन्टीजेन) परीक्षण गरिएको हो ।

त्यससँगै नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ७ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप १ जनाको मृत्यु भएको छ योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै नेपालमा सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ सय १७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?