आईजीपी नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’

लोकपथ
238
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणविरुद्ध परेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाइ भएकोमा आज सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सरकारले वरीयता मिच्दै प्रहरी प्रमुख नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले पहिलो वरीयतामा रहेका पोखरेललाई पाखा लगाउँदै तेस्रो वरीयतामा रहेका धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि एआईजी पोखरेल नियुक्ति खारेजीको माग राख्दै सर्वोच्च पुगेका थिए ।

उक्त मुद्दामा आज पहिलो पटक पोखरेलको तर्फबाट कानुन व्यवसायीहरु मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?