अन्नपूर्ण केबुलकारको दुई अफर सार्वजनिक

लोकपथ
294
Shares

काठमाडौं । अन्नपूर्ण केबुलकारले दुई अफर सार्वजनिक गरेको छ । जसअनुसार भर्खरै एस.ई.ई. दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एस.ई.ई. परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३० सम्म लागु हुने केबुलकारले जनाएको छ ।

साथै, नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत १ टिकटको खरीदमा अर्को एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?