नेपालगन्ज- स्थाभेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ ।
अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको सो अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताए ।
यसअघि सो अस्पतालले सिकलसेल एनिमिया भएका प्रत्येक एक जनाबाट रु एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया