काभ्रे दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो (नामावलीसहित)

लोकपथ
1.2k
Shares

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-११ स्थित वीपी राजमार्गमा सवारी दुर्घटना हुँदा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, सिन्धुलीकै ४५ वर्षीय हरि बहादुर बल, काभ्रे सुनकोशी गाउँपालिकाका ४४ वर्षीय प्रमिला नेपाली, रामेछाप खाँडदेवीकी ३० वर्षीय सम्झना भुसाल र उनको ६ वर्षीय छोरा संगित भुसाल रहेका छन् ।

उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं सूचना अधिकारी हरि खतिवडाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाटा सुमोसँग ठोक्किँदा दुर्घटना भएको हो ।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो । उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?