काभ्रे। काभ्रेको रोशी गाउँपालिका– ११ स्थित वीपी राजमार्गमा सवारी दुर्घटना हुँदा एकजना बालकसहित पाँचजनाको मृत्यु भएको छ ।
काभ्रेकाे रोशी– ११ बढुबेँसीमा पर्यटक बोकेको भारतीय फोर्स गाडी र टाटासुमो ठोक्किँदा एक जना बालकसहित पाँचजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाका अनुसार सिन्धुलीबाट काठमाडौ आउँदै गरेको ना. १ज ४२१० नम्बरको टाटासुमो र काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको भारतीय फोर्स जाने क्रममा रोशी– ११ बढुबेँसीमा दुर्घटना भएको हो ।
मृत्यु हुने पाँचैजना नेपाली रहेको डिएसपी खतिवडाको भनाइ रहेको छ । उनका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । साथै मृतक सबैको सनाखत भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया