आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ जारी

लोकपथ
560
Shares

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ जारी छ ।

सरकारले वरीयता मिचेर आईजीपी नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका सर्वोच्च प्रशासनले जनाएको छ ।

उक्त मुद्दामा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सतिषकृष्ण खरेल र हरिहर दाहाल, अधिवक्ता मेघराज पोखरेलले बहस गरिरहेका हुन्।

त्यसैगरी यस्तै, महादेव प्रसाद यादव, ललित बस्नेत, माधव बस्नेत, सानुराजा पोखरेल, सुनिल पोखरेल, पूर्णमान शाक्यलगायतका कानुन व्यवसायीले समेत बहस गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?