म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशाेर पक्राउ

लोकपथ
3.9k
Shares

कपिलवस्तु । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले म्यादी प्रहरीको पोशाकमा भिडियो बनाएर आफू म्यादी प्रहरी भएको भन्दै टिकटकमा पोष्ट गरेका थिए ।

तर वास्तवमा प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल भएका युवक म्यादी प्रहरी नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?