काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट महासचिव विप्लवलाई निष्काशित गरिएको छ । बुधबारदेखि चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको बैठकले विप्लवलाई महासचिवबाट हटाएको हो ।
भेलाले विप्लवलाई पार्टीबाटै निष्काशन गरिएको र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा धमेन्द्र बस्तोलालाई जिम्मेवारी दिइएको लोहनीले बताए ।
चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया