बलिउडमा अक्षय कुमारको ३० वर्ष पूरा, दिए यस्तो प्रतिक्रिया

लोकपथ
26
Shares

काठमाडौं । एक्सन, कमेडी, रोमान्स, बायोपिक अक्षय कुमारले अभिनय नगरेको कुनै विधा छैन। बलिउड जस्तो कठिन क्षेत्रमा ३० वर्षसम्म आफूलाई जोगाउन र हरेक विधामा आफ्नो छाप बनाउनु सजिलो काम भने पक्कै पनि होइन ।

फिल्म ‘सौगन्ध’ (१९९१) बाट ठूलो पर्दामा डेब्यु गरेदेखि लिएर खिलाडी फ्रेन्चाइजमा एक्शन, हेराफेरीमा कमेडी, ट्वाइलेटः एक प्रेम कथा जस्ता महत्वपूर्ण विषयलाई लिएर अक्षय कुमारले आफ्ना फिल्महरूबाट हरेक पल्ट मानिसहरूलाई चकित पारेका छन्।

वाइआरएफ ले अक्षय कुमारको आगामी फिल्म पृथ्वीराजको नयाँ पोस्टर साझा गरेर अभिनेताको बलिउड जगतमा ३० वर्ष पूरा भएको जानकारी दिँदै शुभकामना पनि दिएको छ । वाइआरएफले आफ्नो सामाजिक सञ्जालमा भिडियो पनि सेयर गरेको छ ।

यो भिडियोमा अक्षयको हरेक चलचित्रको दृश्य देखाइएको छ । यो भिडियो सेयर गर्दै यशराज फिल्म्सले लेखेको छ, ‘अक्षय कुमारको सिनेमामा ३० वर्ष पूरा ।’

अक्षय कुमारले प्रतिक्रिया दिँदै भनेका छन्- ‘सिनेमामा मेरो ३० वर्ष पूरा भएको उत्सव मनाउन यस्तो गतिविधि भइरहेको छ भन्ने कुरा मैले कहिल्यै सोचेको थिइनँ। यो चाखलाग्दो कुरा हो कि मेरो पहिलो फिल्म सौगन्धको ३० वर्ष बितिसक्यो। यो भयो ! मेरो फिल्मी करियरको पहिलो सट। यती धेरै मायाको लागि धेरै धेरै धन्यवाद। यो वास्तवमै विशेष छ।’

सुपरस्टार अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ निडर र पराक्रमी सम्राट पृथ्वीराज चौहानको जीवन र वीरतामा आधारित छ। यस फिल्ममा अक्षय कुमार घोरका निर्दयी आक्रमणकारी मोहम्मदसँग वीरतापूर्वक लडेका महान् योद्धाको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?