सामान्य अवस्थामा फर्कियो त्रिभुवन विमानस्थल

लोकपथ
231
Shares

काठमाडौं । तनावको माहोलले फ्लाइट डिले भएकाे त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सामान्य अवस्थामा फर्किएको छ ।

अज्ञात व्यक्तिले विदेशबाट फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलको ६ ठाउँमा बम राखेको हल्ला फैलाएपछि तनावपूर्ण अवस्थामा रहेको विमानस्थलमा केही नभएको पुष्टि भएपछि करिब एक घण्टापछि अवस्था सामान्य बनेको हो ।

यद्यपि पूर्वनिर्धारिट फ्लाइट केही समय पर सरेको छ । अहिले विमानबाट झारिएका यात्रुहरुलाई प्रवेश दिइएको छ भने अन्यलाई पनि उडान तालिकाअनुसार प्रवेश दिइने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यसअघि विदेशबाट हिन्दी भाषामा बोल्ने व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा ६ वटा बम भएको जानकारी दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका ड्युटी अफिसरले फोन उठाउनेबित्तिकै ‘सलामवालेकुम’ भनेर सम्बोधन गर्दै हिन्दी भाषामा डोमेस्टिक टर्मिनलमा बम भएको भन्ने भ्रामक सूचना सुनाउँदै फोन काटेका थिए ।

त्यसपछि प्राधिकरणका अधिकारीले सुरक्षा निकायमा जानकारी गराएसँगै सर्च अपरेसन चलाइएको थियो ।

सेनाको बम डिस्पोजल टोलीसहितका सुरक्षाकर्मीले सर्च गर्दा केही नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एसएसपी भीम ढकालले जानकारी दिए । भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको भनाइ छ ।

‘डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको छ’, ढकालले भने, ‘६ ठाउँमा बम भएको भ्रामक सूचना आएपछि हामीले सेनासहितको सहयोगमा सर्च गर्दा केही पाइएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?