११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
182
Shares

भोजपुर । भोजपुरमा ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुरुपयोग गरेको भन्ने किटानी जाहेरी परेपछि इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?