बिग बोस विजेता रुबिना ‘खतरों के खिलाडी’मा देखिने

लोकपथ
286
Shares

काठमाडौं । टिभीको चर्चित शो बिग बोसबाट मानिसको मनमा विशेष स्थान बनाएकी अभिनेत्री रुबिना डिलाइक सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी आफ्नो स्टाइल र फेसनका कारण पनि मानिसहरुमा निकै लोकप्रिय छिन् ।

बिग बोसपछि रुबिना फेरि एकपटक मानिसलाई मनोरञ्जन दिन तयार छिन् । उनी छिट्टै रोहित शेट्टीको शो खतरों के खिलाडीमा देखिनेछिन् । यो जानकारीपछि रुबिनाका फ्यानहरु निकै खुसी भएका छन् ।

रुबीना दिलैक

रिपोर्टका अनुसार रुबिना डिलाइक खतरों के खिलाडी १२ मा सहभागीता जनाउने तयारीमा छिन् । यसअघि रुबिना बिग बोस १४ को विजेता पनि भइसकेकी छिन् । खतरों के खिलाडीलाई लिएर उनी निकै उत्साहित छन् ।

यस क्रममा रुबिनाले आफ्नो जीवनमा धेरै बाधाहरुको सामना गर्नुपरेको बताइन्, जसले आफुलाई बलियो बनाएको छ र अहिले खतरों के खिलाडीमा आउन पाउँदा निकै उत्साहित भएको बताएकी छिन् ।

रुबीना दिलैक

रुबिना डिलाइकका पति अभिनव शुक्ला यस रियालिटी शोको ११ औं सिजनमा सहभागी थिए । खतरों के खिलाडी अमेरिकी सिरिज फियर फ्याक्टरको ढाँचामा आधारित छ। यो पहिले सोनी टिभीमा प्रिमियर भयो र पछि कलर्स च्यानलमा पुन: लन्च गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?