विमानस्थलमा बम नभेटिएपछि उडान सेवा सुरु

लोकपथ
77
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम फेला नपरेपछि विमानस्थलत सञ्चालनमा आएको छ ।

अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलमा हल्ला गरेपछि विमानस्थल खाली गराइएको थियो ।

उक्त हल्लापछि सबै ठाउँमा चेकजाँच गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेपछि पुनः विमानस्थल सञ्चालनमा ल्याइएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् ।

खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको उनले बताए ।

‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ’, एसएसपी कुँवरले भने ।

बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद वस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?