कृतिका सेंगरको बेबी बम्पको फोटोशुट

लोकपथ
468
Shares

काठमाडौं । झाँसीकी रानी फेम अभिनेत्री कृतिका सेंगर लगातार चर्चामा छिन् । अहिले उनी आफ्नो गर्भावस्थामा रहेकी छिन् । नायिकाले छिट्टै बच्चालाई जन्म दिने भएकी छिन् ।

कृतिका र उनका श्रीमान् निकितिन धीर पहिलो पटक अभिभावक बन्न लागेका हुन् । यसैबीच कृतिकाले मातृत्वको फोटोशुट गराएकी छिन् । फोटोशूटमा कृतिका बेबी बम्पमा देखिएकी छिन् । उनको फोटोसुटका तस्बिरहरु पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

कृतिका सेंगर

कृतिका सेंगरको नवौं महिना बितिसकेको छ । बच्चाको रोदन घरमा जुनसुकै बेला गुन्जिन सक्छ । विवाहको सात वर्षपछि यी जोडीले गर्भावस्थाको बारेमा सबैलाई बताएका थिए ।

इन्स्टाग्राममा पोष्ट गरिएको तस्बिरमा कृतिका रफल गाउनमा पोज दिइरहेको देखिन्छिन् । उनले पहेंलो रफल गाउन लगाएकी छिन् ।

कृतिका सेंगर मातृत्व फोटोशूट

यी तस्बिरहरु सार्वजनिक भएपछि फ्यानहरुले कृतिकालाई बधाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?