काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको हल्लापछि विमानस्थल परिसर खाली गराइएको छ ।
अज्ञान व्यक्तिले विमानस्थलमा बम राखेको भनेर विमानस्थल प्रशासनमा फोन गरेपछि हंगामा भएको हो ।
उक्त हल्लापछि विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ । त्यसैगरी विमानमा चढिसकेकाहरुलाई समेत विमानबाट ओरालिएको विमानस्थल प्रशासनले जनाएको छ ।
बुधबार बिहान विमानस्थलमा अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलमा बम राखेको बताएका थिए । त्यसपछि विमानस्थल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया