चितवन : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन (डिएलए) को १० औं राष्ट्रिय महाधिवेशन नवलपुरको गैंडाकोटमा भएको छ। कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे पार्टीनिकट कानून व्यवसायीको महाधिवेश उदघाटन गरेका छन् ।
कांग्रेसका महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, डिएलएका पूर्वसभापतिहरु, नेपालबारका पूर्वअध्यक्षहरु, कांग्रेसका संघीय तथा प्रदेशका सांसद्, स्थानीय तहका प्रमुख, उपप्रमुख कानून व्यवसायीहरूको महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका छन् ।
यो महाधिवेशनबाट ३ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुनेछ भने एशोसियसनलार्इ प्रदेश संरचनामा लगिने जनार्इएको छ ।
महाधिवेशनको बन्दसत्र अाजदेखि नै शुरू हुने र अार्इतबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने एशोसियसनले जानकारी दिएको छ । एशोसियनको अध्यक्ष पदका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, प्रह्लादबहादुर कार्की, रामकुमार श्रेष्ठ र केदार कार्कीले आकांक्षा देखाएका छन् ।
पार्टीनिकटका अन्य भातृ संगठनमा पकड गुमाउँदै गएका देउवा पक्षको उपस्थिति डीएलएमा शुरूदेखि नै कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पाैडेल र अर्का नेता कृष्ण सिटाैला प्यानका बीच प्रतिष्पर्धा हुने अांकलन छ ।
प्रदेश संरचनामा गएसँगै डीएलएको केन्द्रीय समिति ४३ सदस्यीय बनाउनेगरि विधान संशोधन गर्ने तयारी भर्इरहेको छ । महाधिवेशनबाट अध्यक्ष , वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुने डीएलएले जनाएको छ कूल १ हजार १ सय ३१ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया