सिरहा । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ ।
एकीकृत समाजवादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदवार नरहेकोले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो ।
जसपाका नगर अध्यक्ष हरी नारायण यादव र एकीकृत समाजबादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा एकीकृत समाजवादीले जसपालाई सहयोग गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया