काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहलाई लक्षित गर्दै वैशाख २३ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।
आज नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको निर्णय अनुसार शुक्रबार काठमाडौं चुनावी सभा गर्ने निर्णय गरेको हो ।
उक्त चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसहित अन्य वक्ताले सम्बोधन गर्नेछन् ।
त्यसैगरी स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया