काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी कार्यक्रममा सम्बोधन गर्ने शीर्ष नेताहरुको नाम सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार वैशाख २१ गते बुधबार (भोलि) बाट हुने ठूला सभाहरुमा सम्बोधन गने नेताहरुको नाममावली टुंग्याएको हो ।
जसमा पार्टी सभापतिदेखि अन्य पदाधिकारीको भागबण्डा गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको निर्णय अनुसार सभापति देउवाले देशभर हुने ठूला १० वटै सभामा सम्बोधन गर्नेछन् । भने अन्य क्षेत्रमा भने सम्बन्धित जिल्ला र प्रदेशबाट पार्टी नेतृत्वमा गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्य र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया