युवाको उमेर घटाउनेबारे छलफल, अब कति राखिएला ?

काठमाडौंँ- कानुनीरूपमा नेपाली युवाको उमेर घट्ने पक्कापक्की जस्तै भएको छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को संशोधन गर्ने क्रममा युवाको उमेर घटाउने तयारी भएको हो ।
युवा परिषद् ऐन, संशोधन प्रस्ताव कार्यदलले युवाको उमेर घटाउने तयारी गरे पनि २९ वा ३५ कति वर्षमा झार्ने भन्नेचाहिँ अझै स्पष्ट भइसकेको छैन । युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ मा १६ देखि ४० वर्षको उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ ।
युवा परिषद् ऐन, २०७२ संशोधन कार्यदलका संयोजक तथा राष्ट्रिय युवा परिषदका सदस्य भावना भट्टले मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहमा राष्ट्रिय युवा परिषद्को समन्वय, संरचना र युवाको उमेर कति हुने ? भन्ने संशोधनको मूल पाटो भएको बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?