काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले अर्का उम्मेदवार बालेन शाह आफ्नो फोटो राखेर लौरीमा भोट भन्दै सामाजिक सञ्जालमा प्रचार गरेको आरोप लगाएका छन् ।
एमालेबाट मेयर पदका उम्मेदवार रहेका स्थापितले स्वतन्त्र उम्मेदवार शाहलाई आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाएका हुन् ।
मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा बोल्दै उनले बालेनले ‘जे पायो, त्यही गरेर’ र्याप भन्ने गरेको बताए । यसअघि पनि स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठग र मधेसबाट आएर काठमाडौंको जनतालाई झुक्याएको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया