काठमाडौं–सार्वजनिक खर्चमा मितव्ययी नीति लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विदेश भ्रमणमा अझै कडा नीति लिएको छ ।सरकारी अधिकारी तथा कर्मचारीहरू विदेश भ्रमणमा अनावश्यक रूपमा निस्कने र राज्यको खर्चसमेत हुने तर उपलब्धि नै नभएको भन्दै सरकारले कडाइ गरेको हो ।
प्रधानमन्त्री कार्यालयले गत वर्ष कति सरकारी अधिकारी विदेश भ्रमणमा निस्किएको र कति खर्च भएको भन्नेबारे विवरण संकलन गर्न थालेको छ ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट शून्य उपलब्धि भएको भन्दै मन्त्री र कर्मचारीहरूलाई विदेश भ्रमणमा कडाइ गरिएको समेत बताएका छन् । आजको राजधानी दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया