लेखापरीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्छ : अर्थमन्त्री शर्मा

लोकपथ
105
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताए । उनले मुलुकको विभिन्न क्षेत्रमा लेखापरीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्ने बताएका छन् । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखापरीक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे । उनले यस्तो कुराहरुको लेखापरीक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहो¥याए ।

अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखापरीक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखापरीक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताए । अब मुलुकको गरिबीको लेखापरीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । उनले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखापरीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखापरीक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परिक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताए ।

अर्थमन्त्री शर्माले विगतमा लेखापरीक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको बताए । लेखा परिक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने उल्लेख गरे । उनले लेखा परिक्षण गर्ने परिक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराए ।

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताए । उनले मुलुकको विभिन्न क्षेत्रमा लेखापरीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्ने बताएका छन् । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखापरीक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे । उनले यस्तो कुराहरुको लेखापरीक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परिक्षण गर्न जरुरी रहेको दोहो¥याए ।

अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखापरीक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखापरीक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताए । अब मुलुकको गरिबीको लेखापरीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । उनले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परिक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखापरीक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परिक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताए ।

अर्थमन्त्री शर्माले विगतमा लेखापरीक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको बताए । लेखापरीक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने उल्लेख गरे । उनले लेखापरीक्षण गर्ने परीक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?