काठमाडौं । राहुल गान्धीको अहिले एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनी काठमाडौंको एक पबमा पार्टी गरिरहेको देखिएका छन् ।
यो भिडियोपछि राहुल गान्धी अहिले भारतमा चर्चाका विषय बनेका छन् । राहुल गान्धी आफ्नो नेपाली महिला साथीको विवाहमा सहभागी हुन नेपाल आएका बताइएको छ ।
यस्तो अवस्थामा सबैको मनमा प्रश्न उठ्छ कि को हुन् ती नेपाली युवती ? जसको विवाहमा सहभागी हुन गान्धी काठमाडौं आए ?
राहुल गान्धी नेपालकी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन काठमाडौं आएका हुन् । सुम्निमा पूर्व सीएनएन संवाददाता हुन्।

सुम्निमाका बुबा भीम उदासका अनुसार राहुल गान्धीलाई छोरीको विवाहमा सहभागी हुन निम्तो दिएका कारण उनी नेपाल आएका हुन् । सुम्निमाका बुबा भीम उदास म्यानमारका लागि नेपाली राजदूत हुन् ।
राहुल गान्धीकी साथी सुम्निमा उदासले नीमा मार्टिन शेर्पासँग विवाह गर्न लागेकी छिन् । उनले अमेरिकाको ली युनिभर्सिटीबाट पत्रकारिता गरेकी हुन् । यसबाहेक उनले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पनि गरेकी छिन् । पत्रकारको रुपमा उनले काम गरिसकेकी छिन् । उनले दिल्लीको निर्भया सामूहिक बलात्कारलाई पनि कभर गरेकी थिइन् । प्राप्त जानकारी अनुसार सन् २०१४ मा सुम्निमा उदासले ‘अमेरिकन जर्नलिस्ट अफ द इयर’ अवार्ड पनि जितेकी थिइन् ।

राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका थिए । धेरै सोशल मिडिया प्लेटफर्महरूमा भाइरल भइरहेको भिडियोमा राहुल नाइट क्लबमा केही व्यक्तिहरूसँग पार्टीमा संलग्न छन्। राहुल वरपर उपस्थित मानिसहरू रक्सी पिइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया