विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने बताएका छन् । मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकाका उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा उनले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीले निर्णय गरिसकेपछि त्यसलाई मान्नुपर्नेमा जोड दिए ।
‘कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ’, उनले भने, ‘जो ती उम्मेदवारको पछि लाग्छ, उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ ।’
सुन्दरहरैँचाका कतिपय वडामा स्वतन्त्र रूपमा ‘बागी’ उमेदवारी प्रस्तुत भएको भन्दै त्यस्ता उम्मेदवारलाई पार्टीले कारबाही गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया