नेकपाः जनवर्गीय संगठन एकता आज

 
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाको पहिलो जनवर्गीय संगठनका रूपमा इन्जिनियरिङतर्फको एकता शनिबार हुने भएको छ । नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र तत्कालीन माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनलाई मर्ज गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल बनाएको एसोसियसनका महासविच हरी पराजुलीले बताए । एकतापछि प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपालको अध्यक्षमा शम्भुबहादुर श्रेष्ठ र महासचिवमा हरी पराजुली रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?