करिब ६२ लाख रुपैयाँबराबरको सुनसहित युवक पक्राउ

लोकपथ
105
Shares

नेपालगञ्ज । बाँकेमा अबैध सुनसहित एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका वडा नं. २ एल गाउँस्थित सुवेदी चोकबाट बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी राधापुरबाट प्रहरी नायव निरीक्षक रविन्द्र बमको कमाण्डमा गएको खटिएको प्रहरी टोलीले शंका लागेर सिंहलाई जाँच गर्ने क्रममा करिब ६२ लाख रुपैयाँ बराबरको ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनको साथबाट हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना फेला परेको प्रहरीले जनाएको छ ।

सिंहले ४ वैशाखमा भारतको बैंगलोरको एउटा सुन पसलबाट यी गहान चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?