काठमाडाैं : अबदेखि विभिन्न कारण देखाएर राज्यको ढुकुटी खर्चेर वा दाताको 'अफर' मा मनलाग्दी विदेश घुम्ने कर्मचारीमाथि कारबाही हुने भएको छ ।
सार्वजनिक सेवामा मितव्ययिता कायम गर्ने जनाउँदै सरकारले गत अार्थिक बर्षभित्र विदेश सयर गर्ने कर्मचारी र उच्चपदस्थ सरकारी अधिकारीहरूको विवरण अध्ययन गर्न लागेको जनाएको छ ।
नेपाल नगरपालिका संघका प्रतिनीधिमण्डलसँग शुक्रबार कुरा गर्दै प्रधानमन्त्री के.पी. शर्मा अोलीले अब कर्मचारीदेखि मन्त्रीसम्मको विदेश भ्रमणमा कडार्इ हुने बताए ।
सरकारी सेवाप्रदायकहरू विदेश भ्रमणमा जाँदा ठूलो धनराशी खर्च भएको, घुमेर मात्र अाउने तर त्यसले उपलब्धी नभएको, दाताकै खर्चमा विदेश गएपनि सेवाग्राहीको काममा दिनुपर्ने समय क्षति भएकाले भ्रमणमा कडार्इ गर्न लागिएको प्रधानमन्त्रीले बताएका छन् ।
गत बर्ष विदेश भ्रमणमा गएको कर्मचारीबारे सरकारले विषयगत मन्त्रालयहरूसँग पूर्ण विवरण नै मगाएको र साउन २० गतेसम्म यो विवरण प्राप्त हुने प्रधानमन्त्रीले जानकारी दिए ।
विवरण अाएपछि यसअघि भएको विदेश भ्रमणको उपलब्धी र क्षतिबारे समीक्षा गर्ने सरकारको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया