सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

लोकपथ
286
Shares

काठमाडौं । सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा सोमवार साँझ झडप भएको हो।

चुनावी प्रचारप्रसारको क्रममा दुई पक्ष बीच झडप हुँदा कांग्रेस वडा सभापति चुडा बहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
घाईतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।

घाइते मध्ये मिलनको टाउकोमा, चुडा बहादुर र दिपकको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?