साविक विजेता न्यू डायमन्ड पराजित

लोकपथ
287
Shares

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यू डायमन्डलाई ३-२ को सेटमा हरायो ।

पहिलो सेट २६-२४ ले गुमाएको न्यू डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो ।

खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले १५-१३ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीसम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग २५-१९, २५-७, २५-१८ को सोझो सेटमा पराजित भएको थियो । न्यू डायमन्डको भने प्रतियोगितामा पहिलो खेल हो ।
प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले तीन अंक जोडेको छ । मंगलबारै हुने महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगितामा तेस्रो दिन मंगलबार दुई महिला र तीन पुरुष गरी पाँच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?