बैतडीमा माओवादीका उम्मेदवारमाथि खुकुरी प्रहार

लोकपथ
208
Shares

काठमाडौं । बैतडीमा माओवादीबाट गठबन्धनका वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ।डिलाशैनी गाउँपालिका–५ मा उम्मेदवार हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताएका छन्।

चुनाव प्रचारका क्रममा साउदमाथि बाटोमै अज्ञात समूहले खुकुरी प्रहार गरेको हो। खुकुरी प्रहारबाट घाइते साउदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचार गर्न धनगढी पठाइएको छ।
धनगढी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?