कल वाईपास गर्ने प्रहरीको फन्दामा

कपिल अधिकारी

 बुटवल – गैरकानुनी रुपमा अन्तराष्ट्रिय आगमन कल वाईपास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ८ झुलेनीपुर बस्ने राम प्रसाद न्यौपानेलाई प्रहरीले पक्रेको हो । शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरि प्रहरीले कल वाईपासमा संलग्नलाई सार्वजनिक गरेको छ ।

चितवनमा कलवाईपास गरेको सूचना पाएपछि आएको सिआईबीको टोलीले वुटवलका एक जना संलग्न रहेको पाइएपछि अनुसन्धानको लागि टोली यहाँ आएको थियो । सिआईवी सहित नेपाल टेलिकिम र एनसेल प्रालीको टोलीले विहिबार न्यौपानेलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव डिलबहादुर मल्लले बताए ।

प्रहरीले ६४ पोर्टको भिओपी गेटवे १ थान, गेटवे चार्जर १ थान, टिपिलिंक राउटर १ थान, लेनेभो ल्यापटप, एनटिसि सिमकार्ड १७ थान, एनसेल सिमकार्ड १७ थान, स्मार्टको सिमकार्ड १९, भिओपी गेट वे मा प्रयोग भएको एन्टिना १६ थान र इन्टरनेट केवुल ३ थान बरामद गरेको छ । पछिल्लो समय कलवाईपास रोकिएको दावी गरिएपनि भेटिन थालेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?