तुलसीपुरको समस्या समाधानका लागि आवश्यक पहल गर्छुः प्रधानमन्त्री ओली

तुलसीपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर विमानस्थल सञ्चालनका लागि सम्वन्धित मन्त्रालयबाट जानकारी लिने बताएका छन्  ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी  तुलसीपुरका विभिन्न समस्या राखेपछि उनले तुलसीपुरको समस्याबाट आफू परिचित रहेकाले आवश्यक पहल गरिने प्रतिबद्धता जनाए ।

सो अवसरमा नगरप्रमुख पाण्डेले विमानस्थल सञ्चालन तथा स्थानीय तहमा कर्मचारी  र नेपाल संस्कृत विश्वविद्यालयको व्यवस्थापन,तुलसीपुरमा वृहत् लगानीका योजना सञ्चालनका विषयमा कुरा राखेको प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिए । 

नगरप्रमुख पाण्डेले कानुनको अभावमा स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेकाले तत्काल कानुनी अड्चन फुकाउने तर्फ अगाडि बढ्न आग्रहसमेत गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?