राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक प्रतिवेदन आज प्रस्तुत गरेका छन्   ।

नेपालको संविधानको धारा ५३ मा  राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा  आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिव पनि उपस्थित थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?