काठमाडौं । निर्वाचन आयोगले नेपालले नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिबारे सचेत गराएको छ ।
गत २०७४ सालको संघीय निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट निर्वाचनमा सहभागि हुँदा गरेको खर्च र आयोगमा बुझाएको विवरण फरक परेपछि आयोगले उनीसँग स्पष्टीकरण माग गरेको थियो ।
नेता कोइरालाले निर्वाचनमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाएका थिए । तर एक सार्वजनिक कार्यक्रममा भने आफूले निर्वाचनमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएपछि आयोगले उनीसँग मागेको स्पष्टीकरण प्राप्त भएको र त्यसबारे कोइरालालाई सचेत समेत गराएको थियो । नेता कोइरालाको उक्त अभिव्यक्ति आचारसंहिताको मूलआधार माथि नै अनास्था पैदा हुने देखिएका भन्दै सो भनाइ सम्बन्धित राजनीतिक दललाई जानकारी गराउने समेत जनाएको छ ।
‘नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा माननीय शशांक कोइरालाले उक्त निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको भनी दिनुभएको अभिव्यक्ति विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएपछि उहाँसँग आयोगले चित्तबुझ्दो जवाफ माग गरेको थियो । माननीय शशांक कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधार माथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको छ ।’ आयोगले सोमबार जारी गरेको पत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया