नयाँदिल्लीमा भीषण वर्षा, यातायात  र स्कुल प्रभावित

नयाँ दिल्ली । भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ । 

मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ । दिल्ली प्रहरीले बैकल्पिक मार्गहरु प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ । 

दिल्लीको मौसमको बारेमा जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार बिहीबार राति ४५.८ मिलिमिटर वर्षा भएकोमा आज शुक्रबार बिहानसम्म ३७.४ मिलिमिटर वर्षा भएको छ । 

दिल्लीका जाकिर हुसैन कलेज, रामलीला मैदान लगायतका क्षेत्रहरुमा वर्षादको पानी जमेको छ । वसन्तकुञ्जबाट इन्दिरा गान्धी विमानस्थलसम्मका मार्गहरु पनि जलमग्न भएका छन् । नयाँदिल्लीका कतिपय स्कुलहरु बन्द गरिएका छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?