आईजीपी नियुक्तिविरुद्धको विषय अदालतमा, के छ रिट निवेदनमा (पूर्णपाठ)

लोकपथ
672
Shares

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महाननिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै उक्त विषय अदालतसम्म पुगेको छ ।

सरकारले वरियताको तेस्रो नम्बरमा रहेका प्रहरी अरिरिक्त महानिरीक्षक (एआइजी) सिंहलाई आईजीपीमा नियुक्त गरेसँगै अर्का एआईजी विश्वराज पोखरेल त्यसको विरुद्ध सर्वोच्च गएका हुन् ।

पोखरेल पहिलो नम्बरमा रहे पनि बरियता मिचेर सरकारले आईजीपी नियुक्त गरेसँगै त्यसको विरुद्ध सोमबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

एआइजी पोखरेलले वारेस सुनिता राउतमार्फत दर्ता गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त महानिरीक्षक सिंहलाई विपक्षी बनाइएको छ ।

उनले दर्ता गराएको रिटमा वैशाख २१ गते बुधकारको लागि पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?