केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

लोकपथ
287
Shares

काठमाडाैं । लेखक केशव घिमिरेले उपन्यास ‘रूपिका’ सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास संयुक्तरुपले सार्वजनिक गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक टेकनाथ दाहालले रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्कन सफल भएको बताए ।

उनले भने, ‘लेखक स्वयं युवा भएकाले युवावस्थाको चित्रण उपन्यासमा स्वाभाविक रुपमा आएको छ । सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दिर्भक ढंगले उठाएको छ ।’

कार्यक्रममा बोल्दै निबन्धकार दीपक सापकोटाले भने आख्यानमा पात्रको उपस्थिति सघन हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘पात्र जति बलियो भयो, उपन्यास त्यति नै पठनीय हुन्छ । पात्रहरूको विविधता र सबलीकरण गर्न नसक्नु आजको आख्यानको चुनौती हो ।’ इन्डिगो इन्कले प्रकाशन गरेको ‘रूपिका’को मूल्य ३ सय ४९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?