‘मेरी मामु’ को गीतमा अयुबको मन छुने अभिनय (भिडियो)

काठमाडौं । रिलिजअघि नै चर्चामा रहेको चलचित्र ‘मेरो मामु’ को गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

सन्तोष सेनले निर्माण गरेको यो फिल्ममा उनले आफ्ना छोरा आयुब सेनलाई फिचरिङ गराएका छन् । रिलिज गरिएको गीतमा आयुबलाई नै मुख्य भूमिकामा अभिनय गराइएको छ ।

गीतको भिडियोमा आयुबले मन छुने अभिनय गरेका छन् ।

चलचित्रमा सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल ठकुरी लगायतका कलाकारले पनि अभिनय गरेका छन् भने यम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक थापाले नै लेखेका हुन् ।

यस्तै चलचित्रमा बनिष शाह र भुपेन्द्र अधिकारीको सप्पादन र सिनेमाटोग्राफी निर्देशन पुरुषोत्तम प्रधानको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?