काठमाडौं । नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।
संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले डाक्टर गोविन्द केसीसँग भएका सहमतिको जानकारी माग गरेका थिए । तर, सो सहमतिको प्रति प्राप्त नभएसम्म संसद चल्न नदिने अडान कांग्रेसे लिएपछि बैठक १० मिनेटको लागि स्थगित भएको हो ।
यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले सहमतिको प्रति टेबुल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया