काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार ४ हजार २५५ जनाको कोरोना परीक्षण गर्दा ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३ हजार ३३३ जनाको पिसिआर र ९ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घन्टामा २१ जना कोरोनामुक्त भएका छन्।
अहिले देशभर २११ सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।