इन्टरनेट सेवा सजिलै उपलब्ध गराउन सञ्चार मन्त्रालयलाई आयोगको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवा सजिलै उपलब्ध हुने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको हुँदा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने भन्दै सञ्चार मन्त्रालयलाई यो अवस्था आउन नदिन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले निर्देशन दिएका हुन् ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले कर विवादका इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका बेला आयोगले यस्तो ध्यानाकर्षण गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?