केसीको माग पूरा भएपछि कांग्रेसले निकाल्यो अर्को लफडा

काठमाडौं । डा. गोविन्द केसीको मागमा सहमति जुटेसँगै नेपाली कांग्रेसले फेरि अर्को लफडा निकालेको छ । डा. केसीको माग पूरा हुनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएको कांग्रेसले फेरि सभामुख र उपसभामुख एउटै पार्टीको हुन नसक्ने जनाएको छ । 

संघीय संसदको शुक्रबार बसेको बैठकमा बोल्दै कांग्रेस नेता मिनेन्द्र रिजालले संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नसक्ने भन्दै सरकारको ध्यानकर्षण गराए ।

उनले यसबारे चित्तबुझ्दो जवाफ नमिले फेरि संसद अवरुद्ध पारिने समेत चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?