आईजीपी नियुक्तिविरुद्ध पोखरेलको रिट निवेदन दर्ता, बुधबारका लागि पेशी

लोकपथ
371
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ ।

आईजीपी नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ता भइ बुधबारका लागि पेशी तोकिएका अदालतले जनाएको छ ।

मन्त्रिपरिषदको बैठकले तेस्रो वरीयतामा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेपछि वरीयता क्रम मिचिएको भन्दै एआईजी पोखरेल सर्वोच्च अदालत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?