वीरगञ्ज । ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको आचारसंहिता विभिन्न राजनीतिक दलले मिचेको घटनाहरु आइरहेका छन् ।
सो क्रममा वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आचारसंहिताको धज्जी उडाएको छ ।
एमालेले शनिबार दुईवटा कार्यक्रम गरेर निर्वाचन आचारसहिंताको धज्जी उडाएको हो ।
वीरगञ्ज महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगीले वडा नम्बर १ मा पार्टी प्रवेश गराउने क्रममा मतदाताहरुलाई विभिन्न प्रलोभन दिएको बताइएको छ। सो कार्यक्रममा सरावगीले एमालेमा प्रवेश गराएका स्थानीय एक स्थानीयले पार्टी प्रवेश कार्यक्रममै धर्मशाला निर्माणको लागि जग्गा दान गरेका थिए । निर्वाचन आयोगका अनुसार आचारसहिंता लागू भएपछि कुनैपनि उम्मेदवारले मतदातालाई प्रभावित पार्ने किसिमको कुनैपनि दान, दक्षिणा र प्रलोभन देखाउन मिल्दैन । तर सरावगीले आचारसहिंताको वेवास्ता गर्दै त्यस्तो गरेका हुन् ।
सरावगीले आचारसहिंताको धज्जी उडाईरहँदा निर्वाचन आयोग भने मौन बसेको छ ।
त्यसैगरी सरावगीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का मतदातालाई प्रभावित पार्न साडी वितरण गरेको आरोप लागेको छ । वडा अध्यक्ष पदका उम्मेदवार प्रदीप चौरसियासँग मिलेर सरावगीले महिलाहरुलाई साडी वितरण गरेको बुझिएको छ । यद्दपी यसको पुष्टि हुनसकेको छैन ।
त्यसैगरी सरावगीले आचारसंहिताको धज्जी उडाउने क्रममा विगत केही दिनदेखि स्थानीय केही पत्रिकामा प्रचारप्रसार विज्ञापन प्रकाशित गराएका छन् ।
निर्वाचन आयोगको आचारसंहिताको परिच्छेद २ को ५ (ख) १ अनुसार बढीमा सात बाइ सातको विज्ञापन एक पटकमा एउटा मात्र पत्रिकामा प्रकाशित गर्न पाइन्छ भनेको छ । तर सरावगीले त्यसको बेवास्ता गर्दै पटक÷पटक विज्ञापन छपाउन लगाएका छन् ।
एमालेले पटकपटक आचारसंहिता उल्लंघन गर्दा पनि कुनै कारबाही नहुनु लजास्पद भएको स्थानीयहरुले बताएका छन् ।
विगत ४ वर्ष देखि हुनु पर्ने सम्मान यसपटक आमाको मुख हेर्ने दिनमा भएको आमाको सम्मान भोटको राजनीतिक रहेको उनीहरुका भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया