काठमाडौं । मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थालाई निर्वाचन आयोगले जवाफ माग गरेको छ ।स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ मागेको हो ।
केही दिनअघि एउटा कलेजमा भएको कार्यक्रममा स्थापितले महिलाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्ध गर्न माग गरेका थिए ।
कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुनो ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए ।
‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा प्रयोग गरिएका शब्दहरु आफैंमा आचारसंहिता विपरीत भएको भनी सूचना आएपछि तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ’ आयोगका एक आयुक्तले भने ।
आयोगले लिखित जवाफ माग गरेका ४५ संस्थामा महिला पुर्नस्थापना केन्द्र (ओरेक) लगायतका संघसंस्थाहरु छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया