काठमाडौं । पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज फेरी बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको थियो ।
डा. गोविन्द केसीको माग पूरा गर्न भन्दै कांग्रेसले विरोध गर्दा स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज दिउँसो बस्न लागेको हो ।
यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशन थालेपछि कांग्रेसले सोही माग पुरा गराउन बैठक अवरुद्ध गर्ने घोषणा गरेको थियो ।
कांग्रेस नेता डा.नारायण खड्काले गोविन्द केसीका माग पुरा भएकाले संसद अवरोध नगर्ने र आजको संसद बैठक चल्न दिने बताए पछि संसद बैठक डाकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया